समाज


काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा जारी

काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा जारी

नेपालखबर
असार १, २०८२ आइतबार ६:३४, काठमाडौँ

अहिले (आइतबार बिहान) काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला काठमाडौँ र आसपासका क्षेत्रसहित बागमती प्रदेशका धेरै स्थान, कोसी र मधेस प्रदेशका पनि धेरै स्थानमा वर्षा भइरहेको छ। 

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पनि एक-दुई स्थानमा पानी परिरहेको उनले बताइन्।

‘रातिदेखि नै वर्षा भइरहेको छ’, उनले नेपालखबरसँग भनिन्, ‘काठमाडौँकै हकमा चाहिँ पानी पर्न थालेको एक/डेढ घण्टा भयो होला।'

यसबीच कोसी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भएको जानकारी वरिष्ठ मौसमविद् कँडेलले दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad