वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्तले गर्धनमा च्यापिएको हड्डीको शल्यक्रिया गराएका छन्। आफ्नै विद्यार्थीबाट शल्यक्रिया गराएपछि डा पन्तले प्रशन्नता प्रकट गरेका छन्।
न्यूरो सर्जन पन्तले सामाजिक सञ्जाल मार्फत गर्धनको हड्डीको तीन ठाउँमा डिस्क च्यापिएको समस्याको शल्यक्रिया भएको उल्लेख गरेका छन्।
उनले अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेजमा गर्धनको मेरुदण्डमा तीन (स्तरीय हर्निएटेड डिस्क) को शल्यक्रिया गरेको जनाएका हुन्।
शल्यक्रिया आफ्ना तीन विद्यार्थी न्यूरोसर्जनहरू डा सुदन ढकाल, डा समीर आचार्य र डा जनम श्रेष्ठले गरेको जनाएका छन्।
‘आफनै विद्यार्थीबाट शल्यक्रिया गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो खुशी हो’ उनले लेखेका छन्।
स्वास्थ्य अवस्था राम्रो रहेको भन्दै डा. पन्तले शल्यक्रिया गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
Shares

प्रतिक्रिया