समाज


तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ०:२६, काठमाडौँ

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्। 

अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ।

 चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो। त्यसको नेतृत्व प्रसाईँले गरेका थिए। 

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। यो प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईं तोकिएका थिए।

प्रसाईँविरुद्ध प्रहरीले राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो। 

जिल्ला अदालतले उनीसहित ७ जनालाई तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिल्ने भन्दै थुनामै राखेर मुद्दाको प्रतिवाद गर्न भनेको हो। 

थुनामै रहने प्रतिवादीहरू
दुर्गाप्रसाद प्रसाई- भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं ५
तारा राजावादी भन्ने सरोज गौतम- भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं १ 
अनुप राजावादी भन्ने गोकर्ण शाही-    ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं १९
डण्डपाणि रेग्मी- कैलाली, धनगढी उपमहानगरपालिका वडा नं २ 
सुशील बराल- काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ३२
केशव बस्नेत- रामेछाप, गोकुलगंगा गाउँपालिका वडा नं ४
कुमार तामाङ- सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका वडा नं ९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad