समाज


जंगी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

जंगी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १८:९, काठमाडौँ

नेपाली सेनाले जंगी अड्डामा एक दिने राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गरेको छ।

बिहीबार प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौँ संस्करणको एक दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’ सञ्चालन गरेको हो।

सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाहरूले जोखिम समेत बढाएको परिप्रेक्ष्यमा साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभवहरू आदान प्रदान गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन भएको नेपाली सेनाले जनाएको छ।

दुई चरणमा सञ्चालित गोष्ठीमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरु, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइवर सुरक्षासँग सम्बन्धित गैरसरकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। 

साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीहरू बिच विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्तरक्रिया तथा अभ्यास समेत सञ्चालन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad