खासगरी देशका पश्चिमी जिल्लाहरूमा निरन्तर वर्षाका कारण बाढीको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले एकपछि अर्को चेतावनी जारी गरिरहेको छ।
यस क्रममा बिहीबार बिहान बाढी महाशाखाले डोटीको पश्चिम सेती, डोटीको दिपायल र डडेलधुराको साहुखर्क र आसपास क्षेत्रमा भारी वर्षा भएकाले त्यहाँका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ।
बिहीबार बिहान ८:३० बजे चेतानवी जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘पछिल्लो १-३ घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेलधुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको, सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बाढीसमेत हुन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाइराखौँ।’
हेर्नुहोस् सूचना-

यसअघि बाढी महाशाखाले नवलपरासी, चितवन, पाल्पा र आसपास क्षेत्रका लागि चेतावनी जारी गरेको थियो।
Shares

प्रतिक्रिया