समाज


इटलीमा कोरोनाको संक्रमणबाट ९४ डाक्टर र २६ नर्सको मृत्यु

इटलीमा कोरोनाको संक्रमणबाट ९४ डाक्टर र २६ नर्सको मृत्यु

नेपालखबर
चैत २५, २०७६ मंगलबार ११:२०,

कोरोना संक्रमितको उपचारमा खटेका उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको थियो।

कोरोना संक्रमणकै कारण उपचारमा खटेका २६ नर्सको पनि मृत्यु भएको इटलीका अधिकारीहरुले सीएनएनलाई जानकारी दिएका छन्।

इटलीको फेडेरेसन अफ नर्सेसका अनुसार हालसम्म इटलीमा ६५ सय ४९ नर्सहरुमा कोरोनाको संक्रमण देखिएको छ।

इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार इटालीभर १२ हजार ६८१ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित छन्।

पीपीई लगायतका स्वास्थ्य सामाग्रीको अभावका कारण इटलीमा चिकित्सकहरु नै कोरोनाको जोखिममा परेको बताइएको छ।

इटलीमा हालसम्म १ लाख ३२ हजार ५४७ कोरोना संक्रमित छन्। त्यहाँ १६ हजार ५२३ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .