समाज


९८ हजार संक्रमित भइसक्दा फ्रान्सका स्वास्थ्यमन्त्री भन्छन्ः कोरोनाको उच्च प्रभाव देखिन बाँकी

९८ हजार संक्रमित भइसक्दा फ्रान्सका स्वास्थ्यमन्त्री भन्छन्ः कोरोनाको उच्च प्रभाव देखिन बाँकी

नेपालखबर
चैत २५, २०७६ मंगलबार ८:२५,

फ्रान्समा मंगलबारसम्म ९८ हजार ९८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

त्यहाँ ८ हजार ९११ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

यद्यपी यो अवस्था नै फ्रान्समा कोरोनाको उच्च प्रभाव नभएको त्यहाँका स्वास्थ्यमन्त्री ओलिभियर भेरानले बताएका छन्।

भेराका अनुसार कोरोनाको उच्च प्रभाव नदेखिँदै फ्रान्सको अवस्था जटिल मोडमा पुगेको छ।

गत मार्च १७ देखि फ्रान्स लडकाउन गरिएको छ। त्यहाँ अप्रिल १५ सम्म लकडाउन हुनेछ।

हाल फ्रान्समा कोरोनाले संक्रमित ७ हजार ७२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad