समाज


२५ जेठको राशिफल: मेषले नयाँ काम थालनी गर्ने, वृष ठूला व्यक्तिको प्रशंसामा पर्ने, तपाईँको के?

२५ जेठको राशिफल: मेषले नयाँ काम थालनी गर्ने, वृष ठूला व्यक्तिको  प्रशंसामा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ २५, २०८२ आइतबार ४:३४, काठमाडौँ

आज आइतबार, २५ जेठ २०८२ (८ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: अधुरा वा नयाँ कार्यको थालनी हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ। सेयर बजारमा र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

वृष: ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। ब्यापार व्यवसायबाट आम्दानी हुनेछ। सम्मान समेत पाइनेछ। नयाँ वस्त्र, उपहार र अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७७,     
र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। निलो रङको प्रयोग नगर्ने। 

मिथुन: कार्य सिद्धिको योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ। शुभ कार्यको योजना पनि बन्ने योग छ। 

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८  प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

कर्कट: लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ, तर साँझमा भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ६३ र शिक्षामा ४९  प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छल कपट नगर्ने।

सिंह: सजिलै अरूको मन जित्न सकिनेछ। आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। सेयर बजारमा या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ, तर शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद् रहनेछ। सेयर बजारमाले भने साथ नदेला।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने। 

तुला: परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।  

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। निमुखा प्राणीलाई खानेकुरा दिन नभुल्ने।

वृश्चिक: महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रबाट पनि शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

धनु: दैनिक कार्य र पढाइमा प्रगति हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। आत्मबल बढाएर काम गरेमा बढी सफलता मिल्नेछ।  

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। भरिसक्के लामो यात्रा नगर्ने। 

मकर: शृङ्गार तथा सजावटको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। : कुनै कुराले मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। यात्रा सफल नै हुनेछ। प्रेमिको साथ र सहयोग पनि पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।   

कुम्भ: भाग्य वृद्धि र शक्तिशाली बनाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। मित्रबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। 

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्यांक ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। खैरो रङको प्रयोग नगर्ने। 

मीन: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सरकारी निकायको भय रहला। मध्य दिनमा भने नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ। सामाजिक कार्यमा सरिक पनि भइनेछ। साथीको साथ पनि पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ४२,  वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले छल कपट नगर्ने। भरिसक्के लामो यात्रा नगर्ने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad