राजनीति


२ लाखसम्मका परियोजना पनि बजेटमा राखियो, आफूखुसी गरियो : वर्षमान पुन

२ लाखसम्मका परियोजना पनि बजेटमा राखियो, आफूखुसी गरियो : वर्षमान पुन

नेपालखबर
जेठ २४, २०८२ शनिबार १९:१५, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले बजेटमा २ लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी गरे।

‘यस पटक हिजो सहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो, ’ पुनले भने, ‘मन्त्रालयको विनियोजनमा २ लाखका योजनाहरु रहेछन्। अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो। यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन।’

उनले थपे्, ‘३ करोडको योजना होइन, २ लाखको योजना राखिएको आइसक्यो। यस पटक अलि मनपर्दी गरेको छ। एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ। मसिना सबैखाले आफूखुसी राखेको देखिन्छ।’


बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको उनले बताए। संविधान जारी भएपछि माहोवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad