समाज


बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १९:५७, काठमाडौँ

मध्यविन्दु (नवलपरासी) नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । 

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारीसाधन एक लेनमा रोकी व्यवस्थापन गरिएको छ । खोलामा पानीको बहाव घटेसँगै डाइभर्सन मर्मत कार्य सुरू हुने जनाइएको छ। 

गत २६ गते पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ। बुटवल नारायणगढ सडक आयोजनाले विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न भएसँगै वर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ।

यता पूर्वपश्चिम राजमार्गअन्तर्गत नै मध्यविन्दु नगरपालिका-७ चोरमारामा भाँचिएको पुल आज दिउँसोदेखि सञ्चालनमा आएको छ। गत वैशाख २९ गते बीचबाट चर्किएको पुल मर्मत गरी आजदेखि सञ्चालनमा ल्याइएको मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad