समाज


पतञ्जलिको बदमासीमा चार्टर्ड एकाउन्टेन्ट पनि, कारबाही गर्न आईक्यानलाई अख्तियारको निर्देशन

पतञ्जलिको बदमासीमा चार्टर्ड एकाउन्टेन्ट पनि, कारबाही गर्न आईक्यानलाई अख्तियारको निर्देशन

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १५:४२, काठमाडौँ

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल नामक कम्पनीभित्रका बदमासीमा लेखापरीक्षक (चार्टर्ड एकाउन्टेन्ट) को पनि संलग्नता रहेको पाइएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले चार्टर्ड एकाउन्टेन्ट वासुदेव गौतमले पतञ्जलिका आर्थिक वर्ष ०६४/६५ तथा त्यसयताका आर्थिक वर्षहरूमा तयार गरेका वित्तीय विवरणहरू तथ्यमा आधारित नभएको देखाएको छ। त्यसैले उनीमाथि थप छानबिन गरी कारबाही हुनुपर्ने ठहर गरी अख्तियारले चार्टर्ड एकाउन्टेन्टहरूको नियामक निकाय इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) लाई निर्देशन दिएको छ।

पतञ्जलि प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णयसँगै चार्टर्ड एकाउन्टेन्ट वासुदेव गौतमलाई कारबाही गर्नेसम्बन्धी अख्तियारको निर्णयमा लेखिएको छ, ‘पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले आव २०६४/६५ तथा सो पछिका आर्थिक वर्षहरूमा तयार गरे गराएको वित्तीय विवरणहरू तथ्यमा आधारित देखिँदैन। उक्त कम्पनीको लेखापरीक्षण गर्ने दर्तावाला लेखापरीक्षक वासुदेव गौतमसमेत (दर्ता नं सी ०५६९/०५०) का सम्बन्धित लेखापरीक्षकका सम्बन्धमा आवश्यक छानबिन लगायतको कानुन बमोजिमको कार्य गर्न गराउन उपयुक्त देखिएकोले सो सम्बन्धमा जो जे गर्नुपर्ने हो, सोतर्फ आवश्यक कदम उठाउन इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल, सातदोबाटो, ललितपुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को देहाय (ख) बमोजिम सुझाव लेखी पठाउने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad