समाज


आज इलामसहित यी ९ जिल्लामा बाढीको जोखिम, सतर्कता आवश्यक

आज इलामसहित यी ९ जिल्लामा बाढीको जोखिम, सतर्कता आवश्यक

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार ९:४, काठमाडौँ

आज (जेठ २३, शुक्रबार) बाढीको सम्भावित जोखिमका हिसाबले ९ जिल्लाका बासिन्दाले सतर्कता अपनाउन आवश्यक देखिएको छ। 

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे बुलेटिन जारी गरी इलामदेखि पश्चिमका ९ जिल्ला र आसपास भई बग्ने खोला-नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको जानकारी दिएको हो। 

सूचनामा भनिएको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (आइतबारसम्म) कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको बताएको छ। 

बाढी महाशाखाले अगाडि भनेको छ: कन्काई, कमला र बागमतीमा बहाव केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ।

बाढीको सम्भावनाबारे विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad