ad ad

समाज


कोरोना आशंकामा कपिलवस्तु अस्पतालमा उपचाररत युवकको मृत्यु, नमुना परीक्षणको नतिजा आउन बाँकी

कोरोना आशंकामा कपिलवस्तु अस्पतालमा उपचाररत युवकको मृत्यु, नमुना परीक्षणको नतिजा आउन बाँकी

नेपालखबर
चैत २५, २०७६ मंगलबार १:४१,

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंकामा कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ।

शुक्रबारदेखि अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका-२, जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार राति मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले मंगलबार बिहान नेपालखबरलाई जानकारी दिए।

मेडिकल सुपरिटेन्डेन्ट बन्जाडेले यस विषयमा थप बताउन चाहेनन्।

भरको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ, तर रिपोर्ट आउन बाँकी रहेको कपिलवस्तु अस्पतालका चिकित्सकले बताएका छन्।

रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने कपिलवस्तु अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .