ad ad

समाज


कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ७४ हजार नाघ्यो, साढे १३ लाख संक्रमित

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ७४ हजार नाघ्यो, साढे १३ लाख संक्रमित

नेपालखबर
चैत २५, २०७६ मंगलबार १:२२,

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ५२ सय २१ जनाको मृत्यु भएको छ।

यो सँगै यसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघेको छ। मंगलबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ७४ हजार ६ सय ९२ जनाको मृत्यु भइसकेको छ।

विश्वभर संक्रमितको संख्या १३ लाख ४६ हजार ४ सय २८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। सोमबार कोरोनाका ७२ हजार ८ सय ५० जना नयाँ संक्रमित थपिएका छन्।

सोमबार अमेरिकामा कोरोना संक्रमणबाट १२ सय ५५ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या ३ लाख ६७ हजार नाघेको छ भने मृतकको संख्या १० हजार ८ सय ७१ पुगेको छ।

अमेरिकापछि सोमबार फ्रान्समा धेरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ८ सय ३३ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ भने संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ।

स्पेनमा हिजो एकै दिन ७ सयले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या १२ हजार नाघेको छ भने संक्रमितको संख्या १ लाख ३७ हजार पुग्न लागेको छ।

सोमबार इटालीमा कोरोना संक्रमणबाट ६ सय ३६ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट साढे १६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ।

युकेमा सोमबार ४३९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या ५३ सय ७३ र संक्रमितको संख्या ५१ हजार ६०८ पुगेको छ।

जर्मनीमा सोमबार कोरोना संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १८ सय १० र संक्रमितको संख्या १ लाख ३ हजार नाघेको छ।

त्यसैगरी सोमबार इरानमा १३६, बेल्जियममा १८५, नेदरल्यान्डमा १०१, ब्राजिलमा ७८, स्वीडेनमा ७६, रोमानियामा २५, स्वीटजरल्यान्डमा ५०, टर्कीमा ७५, क्यानाडामा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६ पुगेको छ। हिजो एकै दिन त्यहाँ १८ जनाको मृत्यु भएको छ। आइतबार पनि भारतमा यसको संक्रमणबाट १८ जनाकै मृत्यु भएको थियो। त्याँ संक्रमितको संख्या ४७ सय ७८ पुगेको छ।

अर्को छिमेकी देश चीनमा सोमबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। त्यआँ हिजो ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .