समाज


काभ्रेमा बस दुर्घटना हुँदा महिलाको मृत्यु, तीनजना घाइते

काभ्रेमा बस दुर्घटना हुँदा महिलाको मृत्यु, तीनजना घाइते

नेपालखबर
जेठ २१, २०८२ बुधबार २०:१६, काठमाडौँ

काभ्रेको बेथानचोक गाउँपालिका–६ चिहानडाडा नजिक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। 

पनौती बसपार्कबाट बेथानचोक –६ मेदाम्चुतर्फ जाँदै गरेको बा ३ ख ४४३५ नं. को बस चिप्लिएर सडकबाट अन्दाजी ३०/३५ मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी ढुङखर्क, प्रहरी चौकी खोपासी र प्रहरी चौकी पनौती, इलाका प्रहरी कार्यालय बनेपाबाट गएको प्रहरी टोलीले उद्धार गरेको थियो।

दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–९ बस्ने अन्दाजी वर्ष ६५ की कृष्ण माया तिमल्सिनाको घटनास्थलमै ज्यान गएको थियो। दुर्घटनामा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

यी हुन् घाइते
१) बस चालक काभ्रे बेथानचोक गाउँपालिका ६ बस्ने अन्दाजी वर्ष ४१ को राम प्रसाद ढुङगाना– हात र खुट्टामा चोट रहेको, उपचारको लागि शिर मेमोरियल अस्पताल बेनपा पठाएको।
२) काभ्रेकै बनेपा नगरपालिका ९ बस्ने वर्ष ३२ की संगीता आचार्य– दाहिने खुट्टामा सामान्य चोट रहेको, पाँगु भुगदेउ स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल रिफर। 
३) निजकै छोरी वर्ष १ की सरगम तिमल्सिना–टाउको बायाँतर्फ सामान्य चोट रहेको, थप उपचारको लागि धुलिखेल अस्पताल रिफर। 

सकुशल रहेका
१) सहचालक काभ्रे बेथानचोक–६ बस्ने वर्ष २७ को चेत बहादुर लामा।
२) काभ्रे बेथानचोक–६ बस्ने अन्दाजी वर्ष १८ की अञ्जना बोलाखे (घर गइ सकेको)।
३) सोही स्थानकी अन्दाजी वर्ष १८ कि कोपिला तिमल्सिना (घर गइ सकेको)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad