ad ad

समाज


जहाजीलाई भाइरसबाट बचाउन गुहार माग्ने कप्तानलाई कोरोना संक्रमण

जहाजीलाई भाइरसबाट बचाउन गुहार माग्ने कप्तानलाई कोरोना संक्रमण

नेपालखबर
चैत २४, २०७६ सोमबार १३:२९,

कोरोनाबाट जहाजीहरुलाई बचाउन गुहार माग्ने कप्तान ब्रेट क्रोजियरलाई भाइरसको संक्रमण देखिएको छ।

उनले नौसैनिक अधिकारीहरुलाई चार पृष्ठ लामो पत्र लेखेपछि विमानवाहक जहाज यूएसएस थियोडर रुजबेल्टको कप्तानबाट उनलाई बिहीबार हटाइएको थियो।

उनले उच्च अधिकारीहरुलाई पठाएको ईमेल सञ्चारमाध्यमले प्रकाशित गरेका थिए। जसमा उनले जहाजीहरुलाई तत्काल जहाजबाट निकालेर क्वारन्टिनमा राख्न माग गरेका थिए।

उनी हाल गुआममा क्वारन्टिनमा रहेको बताइएको छ। एजेन्सी

यो पनि:

अमेरिकी कप्तानको पत्र: हामी युद्धमा छैनौँ, जहाजीहरु कोरोनाबाट मर्न आवश्यक छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .