समाज


जनकपुर अस्पतालमा परीक्षण गरिएका १५ जनामा भेटिएन कोरोना

जनकपुर अस्पतालमा परीक्षण गरिएका १५ जनामा भेटिएन कोरोना

शैलेन्द्र महतो
चैत २४, २०७६ सोमबार १३:३२,

जनकपुरमा परीक्षण गरिएको १५ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ। जनकपुर प्रादेशिक अस्पतालमा शनिबारदेखि सञ्चालनमा आएको कोरोना परीक्षण प्रयोगशालामा हालसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो।

आइतबार ६ जना, सोमबार ३ जना र मंगलबार ६ जना गरी १५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिभ आएको प्रादेशिक प्रयोगशाला प्रदेश २ का निमित निर्देशक रामविनय साहले जानकारी दिए।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमण आशंका गरिएका १ सय १३ जनाको स्वाब संकलन गरी प्रयोगशालमा परीक्षण जारी रहेकोमा साेमबारसम्म ४३ जनाको रिपोर्ट आएको छ। हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले जानकारी दिए। उनका अनुसार ७० जनाको नमुना परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ।

समाजिक विकास मन्त्रालयले हालसम्म २५ जना आइसोलेसनमा छन्। भारत र विदेशबाट आएका ८ सय ५९ जना क्वारेन्टिन र १ हजार १ सय ७७ जना होम क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .