समाज


कोरोना अपडेटः १२ लाख ८७ हजार संक्रमित, ७० हजारभन्दा बढीको मृत्यु

कोरोना अपडेटः १२ लाख ८७ हजार संक्रमित, ७० हजारभन्दा बढीको मृत्यु

नेपालखबर
चैत २४, २०७६ सोमबार १२:४८,

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिएको छ।

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोनाको प्रकोपले हाल विश्वभर त्रास फैल्याएको छ।

हालसम्म कोरोनाको औषधि र खोप परीक्षणकालमै भएकाले संगठनले हात बारम्बार धुन, शारीरिक दुरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न, सरसफाइमा ध्यान सुझाव दिएको छ।

कोरोना भाइरसको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्म ७० हजार ५३३ जनाको मृत्यु भइसकेको छ।

हालसम्म यस भाइरस १२ लाख ८७ हजार १६८ जनामा पुष्टि भइसकेको छ। २ लाख ७१ हजार ८८७ भने उपचारपछि स्वस्थ बनेका छन्।

हाल विश्वका अधिकाँश देशहरु कोरोनाको खतरासँगै लकडाउन गरिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad