समाज


पीपीईको अभाव भएपछि प्रदर्शन गर्दा पाकिस्तानमा डाक्टर गिरफ्तार

पीपीईको अभाव भएपछि प्रदर्शन गर्दा पाकिस्तानमा डाक्टर गिरफ्तार

नेपालखबर
चैत २४, २०७६ सोमबार १२:१३,

पाकिस्तानमा कोरोनाविरद्धको उपचारमा खटेका डाक्टरहरु गिरफ्तार भएका छन्।

पीपीईको (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट पीपीई स्वास्थ्यकर्मीले लगाउने विशेष चिकित्सकीय पोशाक हो) अभाव भएपछि पाकिस्तानी डाक्टरहरुले चाँडै पीपीई उपलब्ध गराउनु पर्ने माग राख्दै प्रदर्शन गरेका थिए।

सोमबार प्रदर्शनमा उत्रिएका डाक्टर तथा अन्य केही स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको सीएनएनले उल्लेख गरेको छ।

Over 1,700 frontline medics likely infected with coronavirus in ...

पीपीई लगाएका चिकित्सकहरु

पाकस्तिानको बलोचिस्तान प्रान्तको क्वेटा शहरमा डाक्टरहरुले प्रदर्शन गरेका थिए। पीपीईको अभाव भएपछि क्वेटा शहरका १३ डाक्टर कोरोना संक्रमित बनेका छन्।

यसबीचमा प्रदर्शन भएको हो। हालसम्म पाकिस्तानमा ३२ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ ५० जनाको मृत्यु भइसकेको छ।

Doctors are arrested in Quetta on Monday.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad