समाज


अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १६:५८, म्याग्दी

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ। 

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुुजाले अनावरण गरे।

अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो। 

उक्त स्थानमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला सङ्ग्रहालय पनि स्थापना भएको छ। 

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad