वीरेन्द्रनगरको एक होटलमा रहेको स्वीमिङ पुलमा पौडी खेल्न गएकी एक बालिकाको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका ३ तातापानीमा रहेको होटल पानारोमाले सञ्चालनमा ल्याएको स्वीमिङ्ग पुलमा पौडी खेल्न गएकी १० वर्षीया बालिकाको मृत्यु भएको हो।
दुल्लु नगरपालिका ११ दैलेख स्थायी घर भइ हाल वीरेन्द्रनगर ३ तातापानी बस्दै आएकी दीपेन्द्र भण्डारीको छोरी प्रतिमा भण्डारीको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए।
बुढथापाका अनुसार गम्भीर घाइते प्रतिमाको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो।
शनिबारको दिन भीडभाड बढी हुने स्वीमिङ्ग पुलमा पौडी खेल्न गएको र होटलको लापरवाहीले मृत्यु भएको परिवारले भनाइ छ।
बालिकाको आइतबार अन्यतेष्टी गरिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि परिवारलाई बोलाइएको प्रहरीले जनाएको छ ।
यस्तै, घटना घटेको तीन दिनसम्म पनि प्रहरीले घटना बारे कुनै चासो लिएको छैन्। साथै प्रहरीले घटनाबारे अनुसन्धानका लागि होटल सञ्चालकलाई नियन्त्रणमा नलिएको परिवारले गुनासो गरेका छन्।
Shares

प्रतिक्रिया