ad ad

समाज


पीसीआरसँग र्‍यापिड टेस्ट किट परीक्षण गरिँदै, त्यसपछि मात्र स्वास्थ्य टोली जिल्ला जाने

पीसीआरसँग र्‍यापिड टेस्ट किट परीक्षण गरिँदै, त्यसपछि मात्र स्वास्थ्य टोली जिल्ला जाने

सन्तोष न्यौपाने
चैत २४, २०७६ सोमबार ९:२५,

चीनबाट ल्याइएका र्‍यापिड टेस्ट किटको परीक्षण गरेपछि मात्र पश्चिमका तीन जिल्लामा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गर्न स्वास्थ्य टोली जाने भएको छ।

बाग्लुङ, कैलाली र कञ्चनपुरमा कोरोना भाइरसका बिरामी देखिन थालेपछि सरकारले उक्त जिल्लाहरुमा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेका थियो। सरकारले उक्त निर्णय गरेपछि चीनबाट ल्याइएका र्‍यापिड टेष्ट किटको गुणस्तरमा प्रश्न उठेसँगै त्यसको परीक्षणपछि मात्र स्वास्थ्य टोली ती जिल्ला जाने भएको हो।

‘र्‍यापिड टेष्ट किटलाई भ्यालिडेसन गरेर मात्र मासमा लैजाने कुरा भएको छ’, बाग्लुङ जिल्लामा स्वास्थ्य कार्यालयका प्रमुख तथा कारोना भाइरस रोकथामका फोकल पर्सन सुरज गुरुङले भने, ‘उक्त परीक्षणपछि मात्र टोली जिल्ला आउने कुरा भएको छ।’

गुरुङका अनुसार भ्यालिडेसन भनेको कोरोना भाइरसको परीक्षण गरिरहेको पीसीआर मेसिनको परिणाम र र्‍यापिड टेष्ट किटको परिणामलाई दाँजेर हेर्नु हो।

‘अहिले संकलन गरिएको स्वाब पीसीआर मेसिनबाट परीक्षण हुन्छ। पीसीआर मेसिनले दिने रिजल्ट र र्‍यापिड टेष्ट किटले दिने परिणाम जाँचिन्छ,’ गुरुङले भने, ‘यदि पीसीआरले दिने परिणामअनुसार ¥यापिड टेष्ट किटले पनि दियो भने त्यो सही रहेछ भनेर प्रमाणित हुनेछ।’

यदि पीसीआरले दिने परिणामसँग ¥यापिड टेष्ट किटको परिणाम मिलेन भने उक्त किटलाई प्रयोगमा ल्याइनेछैन।

सोमबार बिहान स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालासहितको छलफलपछि जनस्वास्थ्य प्रयोगशालमा भ्यालिडेसन गर्न लागिएको छ।

सरकारले केही दिनअघि चीनबाट सात करोड रुपैयाँबराबरको कोरोना भाइरस टेष्ट किट ल्याएको थियो। उक्त किटले १५ मिनेटमै भाइरस परीक्षण गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .