समाज


काभ्रेमा ट्रकले बोलेरोलाई ठक्कर दियो

काभ्रेमा ट्रकले बोलेरोलाई ठक्कर दियो

नेपालखबर
जेठ १७, २०८२ शनिबार ९:३४, काठमाडौँ

काभ्रेको धुलिखेलमा आज बिहान ट्रकले बोलेरो गाडीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। 

बीपी राजमार्गमा पर्ने धुलिखेल गरपालिका- ११ पात्लेखेतमा झापाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौँबाट सप्तरीतर्फ जाँदै गरेको बा १९ च २८८८ नम्बरको बोलेरो आपसमा ठोक्किएका हुन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार बिहान पौने सात बजेतिर भएको सो दुर्घटनामा बोलेरोमा सवार तीन जना घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ। 

घाइते हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका- १ की ४० वर्षीया ललिता चौधरी, सोही ठाउँकी ३५ वर्षीया बबिता चौधरी र उनका छोरा सात वर्षीय प्रभास चौधरी छन्। 

उनीहरु सबैको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बोलेरो र  ट्रक चालकलाई नियन्त्रणमा राखेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad