समाज


४ दिनभित्र मनसुन नेपाल भित्रिने, यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान

४ दिनभित्र मनसुन नेपाल भित्रिने, यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान

नेपालखबर
जेठ १४, २०८२ बुधबार १३:२४, काठमाडौँ

यही जेठ १७ गतेसम्म मनसुन नेपाल भित्रिने अनुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष मनसुन १३ दिनअघि नै नेपाल प्रवेश गर्न लागेको हो।

यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनी वर्षा सुरु भइसकेको छ। 

‘भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा यही जेठ १७ सम्ममा मनसुन नेपाल भित्रिसक्ने देखिन्छ, ’ मौसमविद् ढकालले भने, ‘यो वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण हामीले गरेका छाैँ।’

गत वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन गएको असोज २६ गते नेपालबाट बाहिरिएको थियो। 

यस वर्ष प्रिमनसुन अवधिमा पनि देशैभरि राम्राे वर्षा भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad