समाज


राशिफल १४ जेठ : वृषलाई आर्थिक वृद्धि, धनुको चिन्ता हट्ने, तपाईँको के?

राशिफल १४ जेठ : वृषलाई आर्थिक वृद्धि, धनुको चिन्ता हट्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ १४, २०८२ बुधबार ४:१०, काठमाडौँ

आज बुधबार, १४ जेठ २०८२ (२८ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ पद प्राप्त हुनेछ। मनमा शान्ति छाउला। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। वैदेशिक यात्राको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष: कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६२, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी बढ्ला। प्रेममा बाधा हुन सक्छ। मन कमजोर रहला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४५, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कर्कट: चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ। आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ। आर्थिक लाभ हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: शुभचिन्तकले पूर्ण समर्थन दिनेछन्। कला र गलाको प्रभाव बढ्दै जानेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राका अवसर प्राप्त हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: स्थान परिवर्तनको योग छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्नेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। पारिवारिक खुसी निम्ति साँझमा केही खर्च हुन सक्छ। महत्वकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। व्यक्तिगत खुसीका लागि धन खर्च हुनेछ। मध्य दिनपछि नयाँ र शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। विपरीत लिङ्गीप्रति आकर्षण बढ्नेछ। पुँजी बजारको लगानी ठिकै रहनेछ। वाहन लाभ हुने समय छ। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

धनु: चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। पुरानो समस्या सुल्झाउन सकिनेछ। नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम पूरा हुनेछ, केही धन भने खर्च हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लाभदायक यात्रा हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कुम्भ: समय मध्यम खालको छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइ लेखाइमा पनि खासै प्रगति नहुने देखिन्छ। आफ्नै कार्यबाट मन सन्तुष्ट नहुन सक्छ। नयाँ क्षेत्रमा लगानी नगर्नु नै राम्रो हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५१, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन: मनमा उत्साहका साथै बोली बिक्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। पुँजी बजारले साथ नदेला।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad