समाज


लागुऔषध कारोबारमा संलग्न चार जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न चार जना पक्राउ

नेपालखबर
जेठ ११, २०८२ आइतबार १७:४, काठमाडौँ

प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सिन्धुली गोलञ्जोर गाउँपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौँ टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का २५ वर्षीय विजय आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘कामाडौँको बल्खु क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले बल्खुस्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेका होमराज श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लागुऔषधको कारोबारमा संलग्न भएका पत्ता लागेपछि निजहरूलाई पक्राउ गरिएको हो।’

प्रहरीले पक्राउ परेकाहरूका साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल, नगद रु १९ हजार ५०० र विभिन्न कम्पनीका छवटा मोबाइल बरामद गरिएको जनाएको छ। पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad