राजनीति


रास्वपाको प्रश्न: नयाँलाई आरोप लागे पुग्ने, पुरानालाई प्रमाणित हुनुपर्ने?

आगामी संसद् बैठक सामान्य नहुने चेतावनी
रास्वपाको प्रश्न: नयाँलाई आरोप लागे पुग्ने, पुरानालाई प्रमाणित हुनुपर्ने?

नेपालखबर
जेठ ११, २०८२ आइतबार १७:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिँदा पदबाट राजीनामा नदिएको विषयमा आपत्ति जनाएको छ। आइतबार पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कार्यबाहक प्रवक्ता मनीष झाले राज्यले दोहोरो मापदण्ड बनाउन नहुने बताएका हुन्। 

'कसैलाई अभियुक्त बनाएकै आधारमा थुनामा हालिएको छ। तर, कसैलाइ आरोप लागेपछि प्रमाणित भएमात्र राजीनामा दिनुपर्ने? कि नयाँ पार्टीकालाई आरोप लागे पुग्ने, पुराना पार्टीकालाई प्रमाणित हुनुपर्ने हो?' उनले प्रश्न गरे।  

त्यस्तै उनले आगामी प्रतिनिधिसभा बैठकमा यस विषयमा रास्वपा कडा रुपमा प्रस्तुत हुने पनि बताए। 

'म तपाईहरूलाई रास्वपाले के गर्छ भनेर अहिले नै भन्न चाहन्नँ। तर, यति चाहिँ भन्छु- पर्सिको बैठक सामान्य हुनेछैन' झाले भने। 

सहकारी ठगी प्रकरणको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानेलाई राज्यले प्रतिशाेध साँधेको आरोप उक्त पार्टीको छ। यसै विषयलाई जोडेर भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad