समाज


सगरमाथा चढ्ने पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह प्रदान

सगरमाथा चढ्ने पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
जेठ ११, २०८२ आइतबार १४:५२, काठमाडौँ

नेपाल प्रहरीको नायव निरीक्षक (सई) मा विशेष बढुवा भएकी कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गर्ने निर्णय गरेको थियो।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा गर्ने निर्णय भएको थियो।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गरे ।

पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने भन्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन पनि थापाले दिए।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन्।

सगरमाथाको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad