समाज


यार्सा संकलन गर्ने समूहबीच डोल्पामा झडप, २ राउन्ड हवाइ फायर

यार्सा संकलन गर्ने समूहबीच डोल्पामा झडप, २ राउन्ड हवाइ फायर

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८२ शनिबार १७:५१, काठमाडौँ

यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच शनिबार दिउँसो डोल्पाको ठूली भेरी नगरपालिका– १ ठाला लेकमा झडप भएको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउंपालिका तथा ठूली भेरी नगरपालिकाका स्थानीयहरूबीच यार्सागुम्बा संकलनका क्रममा सीमाको विषयमा विवाद भई झडप भएको प्रहरीले बताएको छ। 

यार्सागुम्बा संकलन गर्न करिब ६००/७०० मानिस त्यहाँ रहेको र आपसमा झडप भएको बताइएको छ। स्थितिलाई नियन्त्रणमा लिन लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले  २ राउन्ड हवाई फायर गरेको बताएको छ।

अहिले भने त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad