समाज


अख्तियारमा वीरगञ्ज महानगरसम्बन्धी उजुरी धेरै

अख्तियारमा वीरगञ्ज महानगरसम्बन्धी उजुरी धेरै

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १७:२, वीरगञ्ज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यहाँका १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरका कामकारबाहीसम्बन्धी उजुरी परेका छन्।

आयोगका हेटौँडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १४१ उजुरी परेका छन्। कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले पर्साका पालिकामध्ये सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरका परेको जानकारी दिए।

‘चालु आवको १० महिनामा वीरगञ्ज महानगरमा १४१ उजुरी परेका छन्’, उनले भने, ‘सोही अवधिमा पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको उजुरी भने शून्य रहेको छ।’

कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म छिपरमाई गाउँपालिकामा १०४ उजुरी परेका छन्। यस्तै, बहुदरमाईमा २३, पोखरियामा २९, कालिकामाईमा छ, पकाहाँमैनपुरमा १७, जगरनाथपुरमा चार, धोबिनीमा १०, विन्दावासिनीमा आठ, पर्सागढीमा चार, सखुवाप्रसौनी र ठोरी गाउँपालिकाका तीन/तीनवटा उजुरी परेका छन्। चालु आवको १० महिनामा जिल्लाका स्थानीय तहसम्बन्धी ३५२ वटा उजुरी परेका छन् जबकि गत आवभरिमा १७२ वटा उजुरी परेका थिए।

कार्यालयका अनुसार चालु आवको १० महिनाको अवधिमा वीरगञ्ज महानगरसम्बन्धी १०२ उजुरी फछ्र्यौट भएका छन्। यस्तै, छिपरमाइसम्बन्धित उजुरी पनि ५७ र बहुदरमाईसम्बन्धित नौवटा उजुरी फछ्र्यौट भएका छन्।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरैजसो उजुरी आउने गरेको बताए।

‘स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियासम्बन्धी उजुरी धेरै आउने गरेका छन्’, उनले भने, ‘गलत इष्टिमेट तयार पार्ने, खरिद प्रक्रिया र कानुनको परिपालन नगर्ने समस्या छ। यस्तै, उपभोक्ता समितिले जिम्मा लिएका काम अर्को ठेकेदारमार्फत गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ । जसले धेरैजसो समस्या उत्पन्न भइरहेका छन्।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad