समाज


रुकुमपश्चिममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

रुकुमपश्चिममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १३:१, सुर्खेत

रूकुमपश्चिममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। बिहीबार राति मुसिकोट नगरपालिका–४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा रूकुमपूर्वको सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले मर्मतका लागि बिहिबार राति १० बजेतिर पोलमा चढेका नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत खड्कालाई करेन्ट लागेको जानकारी दिए।

उनका अनुसार विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको पोलमै मृत्यु भएको हो। केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad