समाज


राशिफल ९ जेठ : मेषलाई सेतो रङको पहिरन फाप्ने, धनुलाई व्यर्थको सास्ती, तपाईँको के?

राशिफल ९ जेठ : मेषलाई सेतो रङको पहिरन फाप्ने, धनुलाई व्यर्थको सास्ती, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ ९, २०८२ शुक्रबार ४:५५, काठमाडौँ

आज शुक्रबार, ९ जेठ २०८२ (२३ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। खर्च पनि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ४०, वैदेशिक कार्यमा ३९ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। कालो रङको प्रयोग नगर्ने।

वृष: सजिलै अरूको विश्वास जित्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। प्रेम सम्बन्ध प्रगाढ भएर जानेछ। मनमा शान्ति छाउला। दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मिथुन: लामो दूरीको लाभदायक यात्रा हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। सन्तानबाट सुख मिल्ला। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ र शुभ कार्यको योग छ। राजनीतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६८, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: लाभहानि बराबरी रहनेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। मध्य दिनपछि कुनै कुराले मनमा उत्साह र उमङ्ग छाउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: मन प्रसन्न रहनेछ। महत्त्वाकाङ्क्षा बढ्न सक्छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: चिताएको कामले तीव्रता लिनेछ। समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। लामो समयदेखि रोकिएका काम सुरु हुनेछन्। परिवारसँग रमाइलो भेटघाट हुनेछ। साँझमा तनाव बढेको महसुस होला।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६९, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सकारात्मक सोच राख्ने। उत्तर दिशा नजाने।

वृश्चिक: कला र गलाको प्रभाव बढ्दै जानेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती पनि खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन। बजार घुम्ने अवसर मिल्नेछ। व्यापार व्यवसायबाट लाभ नै हुनेछ। वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आकस्मिक धनलाभ हुनेछ। अरूको भलाइका लागि दौडधुप पनि गर्नु पर्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: दिन भाग्यशाली भएर देखा पर्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७१, वैदेशिक कार्यमा ४७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

मीन: रोकिएका काम पुनः सुरु हुनेछन्। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान्। प्रेम र मित्रताको बन्धन कसिनेछ। घरमा अतिथिको आगमन होला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad