समाज


काठमाडौँ परिसरबाट भागेका थुनुवा असनबाट पक्राउ

काठमाडौँ परिसरबाट भागेका थुनुवा असनबाट पक्राउ

नेपालखबर
जेठ ७, २०८२ बुधबार १८:३३, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँबाट भागेका थुनुवा पक्राउ परेका छन्। अभद्र व्यवहारको मुद्दामा थुनामा रहेका निशान परियार बुधबार दिउँसो भद्रकालीतर्फ भागेका थिए। 

उनलाई साँझ असनको यटखाबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

स्वयम्भू  वृत्तबाट म्याद थपका लागि ल्याइएका परियार दिउँसो १ बजेतिर परिसरको गेटबाटै भागेका थिए। उनी भागेको गेटका प्रहरीले समेत सुइँको पाएका थिएनन्।

पछि सीसीटीभी फुटेजमा उनी भद्रकालीतर्फ भागेको र हतकडी पनि नलगाइएको खुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad