समाज


गौशालामा बस अनियन्त्रित हुँदा सात सवारी ठोकिए, तीन जना घाइते

गौशालामा बस अनियन्त्रित हुँदा सात सवारी ठोकिए, तीन जना घाइते

नेपालखबर
जेठ ७, २०८२ बुधबार १३:५४, काठमाडौँ

काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना भएको छ। एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०:५५ बजे दुर्घटनामा परेको हो। बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिएको थियो। दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। 

अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए। बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। 

दुर्घटनामा बा ५१ प २२ नम्बरका मोटरसाइकल चालक धादिङका राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकलका पछाडि सवार नुवाकोटका विकास कट्टेल र प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङका शैलेन्द्र राई सामान्य घाइते भएको प्रहरीको भनाइ छ। 

उनीहरुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad