समाज


स्रोत नखुलेको २५ लाख रुपैयाँसहित काभ्रेबाट दुईजना पक्राउ

स्रोत नखुलेको २५ लाख रुपैयाँसहित काभ्रेबाट दुईजना पक्राउ

नेपालखबर
जेठ ६, २०८२ मंगलबार २०:२४, काठमाडौँ

काभ्रेबाट स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ बस्ने २१ वर्षीय राजन धमला र सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ बस्ने वर्ष ३८ को संजय कुमार साह रहेका छन्।

जेठ ६ गते काभ्रेको बनेपा नगरपालिका–१४ साँगा चोकमा प्रहरी सहायक निरीक्षक  भगवान अधिकारीको कमान्डमा ट्राफिक सहित खटिएको संयुक्त चेकिङ टोलीले पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा सवार दुवैजनालाई उक्त नगदसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका धमला र साहलाई जिप्रका काभ्रेमा ल्याई थप अनुसन्धान  कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad