चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क स्थित नारायणी नदीमा पूर्वी नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१४ बस्ने २७ वर्षीय सचिन कार्की बेपत्ता भएका छन्।
जेठ ६ गते नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका उनको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल, नेपालको गोताखोर परिचालन भएको छ।
बेपत्ता भए लगत्तै उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
99
Shares

प्रतिक्रिया