समाज


राशिफल ७ जेठ : कर्कटको प्रेममा मनमोटाव हुने, मकरलाई अकस्मात् धन हात पर्ने, तपाईँको के?

राशिफल ७ जेठ : कर्कटको प्रेममा मनमोटाव हुने, मकरलाई अकस्मात् धन हात पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ ७, २०८२ बुधबार ४:५३, काठमाडौँ

आज बुधबार, ७ जेठ २०८२ (२१ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका काम विस्तारै अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ। शैक्षिक क्षेत्रलगायतका प्रतिस्पर्धामा अगाडि भइनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृष: धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५२, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। लक्ष्मी प्राप्तिको योग छ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट: झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटाव हुन सक्छ। मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ। टाढिएका परिवारजनसँग भेट हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ। वैदेशिक कार्य अघि बढ्ला।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: दिन भाग्यशाली भएर देखा पर्नेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। प्रेम जीवन सामान्य रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

तुला: धार्मिक यात्राको योग छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पुँजी बजारले साथ दिनेछ। साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक: मनमा उत्साहको कमी देखिनेछ। वैदेशिक कार्यमा बाधा आउला। स्वास्थ्यमा तथा सुन्दरतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। घरबाट निस्कँदा मान्यजनको आशीर्वाद लिएमा ईर्ष्या गर्नेहरू हच्कनेछन्।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

धनु: पारिवारिक जीवन सुखमय रहनेछ। प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। गरेको कार्यमा सफलता मिल्ला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारमा गरेको लगानी खेर जाँदैन। सुखद यात्राको अवसर छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६४, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउला। रोकिएका काम पूरा हुनेछन्। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

कुम्भ: अतिथिको रूपमा सत्कार पाइएला। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ५९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मीन: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। चोटपटकको भय छ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ। प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। साँझमा भने धन हात पर्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३७, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ५० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad