कोरोना भाइरसका कारण स्पेनमा मृत्यु हुनेको संख्यामा कमी आएको छ।
दैनिक मृत्यु दरलाई मध्यनजर गर्दा स्पेनमा लगातार दोस्रो दिन पनि मृतकको संख्यामा कमी आएको देखिएको छ।
गत बिहीबार स्पेनमा कोरोनाका कारण ९५० जनाको मृत्यु भएको थियो। शुक्रबार उक्त संख्यामा कमी आएको थियो। हिजो ९३२ जनाको स्पेनमा मृत्यु भएको थियो।
शनिबार स्पेनमा कोरोनाका कारण ८०९ जनाको मृत्यु भएको हो। जुन संख्या बिहीबार र शुक्रबारको भन्दा कम हो।
स्पेन कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो। त्यहाँ १ लाख २४ हजार ७३६ संक्रमित छन्। ११ हजार ७४४ जनाको त्यहाँ मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया