समाज


काठमाडौँका ३ वडाध्यक्षले अस्वीकार गरे बालेनले तोकेको जिम्मेवारी

काठमाडौँका ३ वडाध्यक्षले अस्वीकार गरे बालेनले तोकेको जिम्मेवारी

नेपालखबर
जेठ ४, २०८२ आइतबार १७:५५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तोकेको जिम्मेवारी लिन वडाध्यक्षहरुले अस्वीकार गरेका छन्।

आइतबार विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार नगरेको उल्लेख गरेका छन्। 

जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा सुशासन समिति संयोजकको जिम्मेवारी पाएका  वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती रहेका छन्। 

वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले कार्यपालिकाबाट अनुमोदन भएर आएमा भने सोच्न सकिने बताए। ‘पहिलेका संयोजकहरूले कार्यपालिकाबाट अनुमोदन भएर पाएको हो,’ उनले भने, ‘अहिले पनि अनुमोदन भएर आउनुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यसरी आएको खण्डमा त लिनैपर्छ।’

त्यस्तै विधायन समितिको जिम्मेवारी पाएकी  वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठसँग भने सम्पर्क हुन नसकेको भण्डारीले बताए।

मेयर शाहले जेठ १ गते आफ्नो कदमको आलोचना गरेका वडाध्यक्षहरुको जिम्मेवारी खोसेर नयाँ वडाध्यक्षहरुलाई जिम्मेवारी तोकेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad