समाज


प्राधिकरणले सूचनाबिना लाइन छाड्दा मजदुरको मृत्यु भएकोबारे संसद्‍मा ध्यानाकर्षण

प्राधिकरणले सूचनाबिना लाइन छाड्दा मजदुरको मृत्यु भएकोबारे संसद्‍मा ध्यानाकर्षण

नेपालखबर
जेठ ४, २०८२ आइतबार ११:४०, काठमाडौँ

काभ्रेको धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको विषयमा संसद्‍मा ध्यानाकर्षण गराइएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादीका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीका कारण ती मजदुरको ज्यान गएको बताए।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा-१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार मृत्यु भएको थियो।

‘हिजो काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, जिल्ला विद्युत प्राधिकरणले बन्दको सूचना दिएता पनि मदुर काममा रहेका बेला खोलियो,’ तामाङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीका कारणले उपेश दमाईको मृत्यु भएको छ।’ 

उनले थपे, ‘त्यसको सत्यतथ्यको छानबिन होस्।’

त्यस्तै सांसद शिव नेपालीले पनि घटनाको छानविन गरी कारबाही गर्न माग गरेका छन्। 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि परियारको मृत्यु भएको नभइ हत्या भएको भन्दै मुद्दा चलाउन माग गरे। ‘जसरी घटना भएको छ, त्यो दुर्घटना मान्न सकिँदैन,’ शाहीले भने, ‘त्यो हत्याको रुपमा दर्ज होस् र ज्यान मार्ने उद्योगमा रुपमा मुद्दा दर्ता होस्।’

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको थियो।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाबिना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको बताइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad