निजामती कर्मचारीलाई लक्षित गर्दै काठमाडौँमा निजामती कर्मचारी अस्पतालमा अब सन्ध्याकालीन सेवा सञ्चालन हुने भएको छ।
अस्पतालले सूचना जारी गर्दै आइतबारदेखि बेलुकी ४ बजेदेखि ८ बजेसम्म सहुलियतपूर्ण सेवा सञ्चालन हुने जानकारी गराएको हो।
निजामती कर्मचारीहरुबाट प्राप्त गुनासो सम्बोधन गर्न अस्पताल विकास समितिको वैशाख २२ गते बसेको बोर्ड बैठकले सन्ध्याकालीन सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।
489
Shares

प्रतिक्रिया