कोरोना भाइरसको महामारी अप्रिल महिनाभित्रै नियन्त्रणमा आउनसक्ने चीनका एक प्रमुख श्वासप्रश्वाससम्बन्धी विज्ञले बताएका छन्।
यद्यपि, अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ पनि उनले सचेत गराएका छन्।
‘हरेक मुलुकले आक्रामक र प्रभावकारी उपाय अपनाएका छन्,’ झोङ नानसानले भने, ‘त्यसैले मलाई लाग्छ अप्रिल अन्तिमसम्ममा महामारी नियन्त्रणमा आउन सक्छ।’
झोङ महामारी नियन्त्रणका लागि चीन सरकारलाई सल्लाह दिने विज्ञ समूहको नेतृत्वकर्ता हुन्।
‘अप्रिलको अन्त्यपछि भाइरस गायब हुन्छ कि अर्को वसन्तमा फेरि प्रकोप फैलिन्छ, कसैले भन्न सक्दैन,’ उनले भनेका छन्।
अन्य विज्ञहरुले पनि यस्तै सम्भावनाको संकेत गरेका छन्।
विश्व स्वास्थ्य संगटनका हेल्थ इमर्जेन्सिज् प्रोग्रामका निर्देशक माइक रायनले युरोपमा लकडाउनपछि अवस्था स्थिर हुँदै गएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया