समाज


जंगी अड्डामा सुवेदारहरूसँग समन्वयात्मक बैठक

जंगी अड्डामा सुवेदारहरूसँग समन्वयात्मक बैठक

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १८:३५, काठमाडौँ

जङ्गी अड्डामा केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक  सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालित बैठकको बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरे।

बैठकमा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरू र सुधारका लागि आवश्यक सुझावहरूको बारेमा छलफल भएको छ। 

नेपाली सेनामा अतिमहत्त्वपूर्ण नियुक्तिको रूपमा मानिने प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले आफूले देखेका समस्या बारे प्रस्तुती गरेका थिए। 

पल्टनको संस्कृति, परम्परा र रीतिरिवाज बारे जानकार ९० जना प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरूको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad