समाज


पठनपाठनमा शिक्षकलाई सहजीकरण गर्न स्थानीय तहसँग शिक्षा मन्त्रालयको आग्रह

पठनपाठनमा शिक्षकलाई सहजीकरण गर्न स्थानीय तहसँग शिक्षा मन्त्रालयको आग्रह

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार २२:२, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह गरेको छ।

लामो समय काठमाडौँ केन्द्रित आन्दोलन गरेर फर्केका शिक्षक तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न मन्त्रालयले आग्रह गरेको हो।

मंगलबार विज्ञप्ति प्रकाशित गरी शिक्षा मन्त्रालयले ‘शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेशागत दैनिकी सूचारु गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्य सम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई’ आग्रह गरेको छ।

मन्त्रालयले भनेको छ, ‘नेपाल शिक्षक महासङ्घको आह्वानमा विभिन्न मागहरु राखी २०८१ चैत्र महिनामा सञ्चालन गरिएको काठमाडौं केन्द्रित पेशागत आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवम् पठनपाठन लगायतका कार्यमा पर्न गएको क्षतिलाई पूरण गर्न आवश्यक हुन्छ।’

यसरी शिक्षक एवम् कर्मचारीको आन्दोलनले विद्यार्थीको सिकाइ प्रणालीमा गुमेको अवसरको क्षतिपूर्ति स्वरूप विद्यालयको अनुकूलता अनुसार हिउँदे अथवा वर्षे विदाको अवधिमा पठनपाठन सञ्चालन गर्न महासङ्घको प्रतिवद्धता समेतका आधारमा आवश्यक व्यवस्था मिलाउन पनि सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad