समाज


धरानवासीलाई खानेपानी उपलब्ध गराउन माग

धरानवासीलाई खानेपानी उपलब्ध गराउन माग

फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:५४, काठमाडौँ

प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन्। 

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे ‘सुनसरी उद्योग वाणिज्य संघ’ले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क्रममा सांसदहरुले समस्या समाधानका निम्ति खानेपानी मन्त्रालय, खानेपानी विभाग, खानेपानी उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई समितिमा आमन्त्रण गरेर छलफल गर्नुपर्नेमा जोड दिइएका हुन्।  

संघले धरानको खानेपानीको विवाद, खानेपानीको अभाव, वन क्षेत्रका सतहमुनि अथाह पानी रहेको, सहतमुनिको पानी धरानका जनताले उपभोग गर्न नपाएको, उद्योग व्यवसायीलाई पनि समस्या भएको, धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भएको र धरानको खानेपानीको विषयमा समितिले अनुगमन गर्नुपर्ने विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियाे। 

त्यसैगरी, समितिमा मकवानपुर उद्योग वाणिज्य सङ्घले यही वैशाख २५ गते पूर्व पश्चिम राजमार्गको हेटौँडाको रातोमाटेदेखि चौकोटोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका स्थायी बासिन्दा मर्कामा परेका सडकका पुस्तौँ पुस्तादेखि बसोबास गर्दै आएपनि जग्गाधनी प्रमाणपूर्जा निजका स्वामित्वमा भएको लगायतका विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो। सो विषयमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलगायत सरोकारवाला निकायलाई आमन्तत्रण गरेर छलफल गरी समस्याको समाधान गर्नुपर्ने जोड दिइएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले धरानवासीको खानेपानीको समस्या समाधान गर्न समितिले सरोकारवालासँग छलफल गर्नुपर्ने बताए। 

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले  धारानवासीको खानेपानीको विवादको विषयलाई विस्तृत रुपमा अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए। समितिले आज वार्षिक प्रतिवेदन–२०८१ परिमार्जनसहित पारित गरेको छ।रासस 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad