ग्लोबल


युद्धविराम भएपछि भारतका ३२ वटै विमानस्थल खोलिए

युद्धविराम भएपछि भारतका ३२ वटै विमानस्थल खोलिए

भारत-पाकिस्तान टकराबपछि भारतका धेरै विमानस्थल नागरिक उडानका लागि बन्द गरिएका थिए।


नेपालखबर
बैशाख २९, २०८२ सोमबार १३:२२, काठमाडौँ

पाकिस्तानसँग युद्धविराम भएपछि सोमबारदेखि भारतका सबै बन्द विमानस्थल खोलिएका छन्।

यसअघि दुई देशबीच एकअर्काविरुद्ध सैन्य टकराब हुँदा मे ७ देखि मे १५ सम्मका लागि भारतका विमानस्थलबाट नागरिक उडान बन्द गरिएका थिए। 

भारतीय विमानस्थल प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै नागरिक उडान बन्द गरिएका ३२ विमानस्थल अब खुला गरिएको जानकारी दिएको हो। 

विज्ञप्तिमा यात्रुहरूलाई उडानका लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेर्न सल्लाह दिइएको छ।

इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे जानकारी दिएको छ।

कम्पनीले सबै विमानस्थल नागरिक उडानका लागि खोलिएको उल्लेख गरेको छ।

तथापि हवाई सेवा सामान्य हुन केही समय लाग्न सक्ने कम्पनीले जनाएको छ।

यस्तो अवस्थामा एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समय लिएर विमानस्थल पुग्न सल्लाह दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad