समाज


भक्तपुर क्यान्सर अस्पतालमा ‘पीआईसीयू’ सेवा सुरु

भक्तपुर क्यान्सर अस्पतालमा ‘पीआईसीयू’ सेवा सुरु

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १५:२०, काठमाडौँ

भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर लागेका बालबालिकालागि पेडियाट्रिक अन्कोलोजी वार्ड (पीआइसीयू) सेवा सुरु गरेको छ। अस्पतालले क्यान्सर बिरामी बालबालिकाको बिशेष उपचारका लागि स्थापना गरेको कक्षको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन्।

सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए।

‘अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च छ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा थप सुविधा बढाएर बिरामीले स्वदेशमै सुपथ उपचार पाउने वातावरण तयार पारिनेछ।’

मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक श्रोतबाटै व्यवस्थापन गरिएको बताए। आगामी आर्थिक बर्षको  बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको मन्त्री पौडेलले जानकारी दिए।

अस्पतालले क्यान्सर भएका बालबालिका लागि पीआसीयू सहित १७ शैय्या थप गरेको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्वल चालिसेले बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शैय्या रहेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad