समाज


विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १५:३२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन्।

नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ गराएका हुन्।

त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत उपस्थित थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad