समाज


बंगालको खाडी र अरब सागरको हावा नेपालमा, यस्तो छ वर्षाको सम्भावना

बंगालको खाडी र अरब सागरको हावा नेपालमा,  यस्तो छ वर्षाको सम्भावना

प्रतीकात्मक तस्बिर


नेपालखबर
बैशाख २४, २०८२ बुधबार २०:१८, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्मको सम्भावित मौसमबारे जानकारी दिएको छ।

महाशाखाका अनुसार आज बुधबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

यस्तै बिहीबार दिउँसो देशको पहाडी भूभागका थोरै स्थानमा तथा कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशका हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad