समाज


साथीसँगै पौडी खेल्न गएका १६ वर्षीय किशोरको दहमा डुबेर मृत्यु

साथीसँगै पौडी खेल्न गएका १६ वर्षीय किशोरको दहमा डुबेर मृत्यु

सांकेतिक फोटो


नेपालखबर
बैशाख २४, २०८२ बुधबार १६:३७, काठमाडौँ

सिन्धुलीको कमलामाई नगरपालिका ५ ग्वाङखोला दोभानको खड्कुलेदहमा डुबेर एक किशोरको ज्यान गएको छ।

सिन्धुली गोलन्जोर गाउँपालिका –७ खुर्कोट घर भई हाल कमलामाई नगरपालिका–७ बुद्धानगरचोक स्थित मामा उत्तम पहाडीको घरमा बसि सिद्धबाबा बोडिङ स्कुलमा कक्षा ९ मा अध्यनरत प्रतिक देवकोटाको डुबेर मृत्यु भएको हो।

साथीहरूसँग पौडी खेल्न गएका उनी पौडी खेल्ने क्रममा दहमा डुबेका थिए। उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अन्दाजी २ किलोमिटर दक्षिणमा पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad